परामर्श संयन्त्र स्थापना हुँदै

परामर्श संयन्त्र स्थापना हुँदै

सोमबार, फागुन ३, २०७२ साल,
काठमाडाँै, १८ कात्तिक । नेपाल र स्वीट्जरल्यान्डबीच राजनीतिक, कूटनीतिक, विकास सहायता तथा पारस्परिक चासोका विषयमा छलफल गर्न दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी एक समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा परराष्ट्र सचिव शङ्करदास वैरागी र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत अर्स हेरेनले हस्ताक्षर गर्नुभएको थियो । समझदारीअनुसार पालैपालो संयन्त्रको बैठक काठमाडौँ र बर्नमा हरेक दुई वर्षमा हुनेछ ।