इबोला भाइरस संक्रमण आधा घण्टामै थाहा पाउन सकिने प्रविधिको विकास

इबोला भाइरस संक्रमण आधा घण्टामै थाहा पाउन सकिने प्रविधिको विकास

शुक्रबार, माघ २२, २०७२ साल,
वैज्ञानिकहरुले घातक इबोला भाइरस संक्रमण आधा घण्टामै थाहा पाउन सकिने प्रविधिको विकास गरेका छन् । अमेरिकाका बैज्ञानिकहरुले यो प्रविधि छिटै चिकित्सकलाई उपलब्ध गराउने बताएका छन् । बैज्ञानिकले ब्लाटिंग पेपरको मद्दतले इबोला भाइरसको संक्रमण थाहा पाउन सकिने प्रविधिको विकास गरेका हुन् । इबोलाको परीक्षण गर्न वैज्ञानिकले एक जैविक घोल बनाएका छन् जसमा राइबोन्यूक्लिक एसिड मिलाएका छन् । यो एसिडबाट मानिसको अनुवांशिकमा प्रमुख भुमिका खेल्ने उनीहरुले बताएका छन् । इबोलाको महामारी फैलिदै गएपछि यसको रोकथामका प्रयास भैरहेको छ ।