चीनमा क्यान्सरबाट दैनिक ७ हजार ५०० को मृत्यु

चीनमा क्यान्सरबाट दैनिक ७ हजार ५०० को मृत्यु

मंगलवार, माघ १९, २०७२ साल,
मियामी (चीन), १४ माघ । दिर्घकालीन सङ्क्रमण, धूमपान तथा बढ्दो वायु प्रदूषणका कारण चीनमा क्यान्सर रोगको प्रकोप बढेको अनुसन्धानकर्ताहरुले मङ्गलबार जानकारी दिएका छन् ।

चीनमा क्यान्सर रोगबाट दैनिक ७ हजार ५ सय व्यक्तिको मृत्यु हुनेगरेको सो अनुसन्धानले देखाएको सो अध्ययनले देखाएको छ ।

गत बर्षमात्र क्यान्सर रोगबाट चीनमा २८ लाख व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी गत वर्ष नै कम्तीमा पनि ४३ लाख व्यक्तिमा सो रोगको सङ्क्रमण भेटिएको बताइएको छ ।

हालैमात्र गरिएको सो अध्ययनले चीनमा मात्र प्रायःफोक्सोको क्यान्सरबाट व्यक्तिहरुको मृत्युहुने गरेको सो अनुसन्धानले देखाएको छ ।

चीनको जनसङ्ख्या एक अर्ब ३७ करोड रहेको राष्ट्रिय क्यान्सर केन्द्रका अधिकारी वानकिङ्गले दिनुभएको हो । चीनको विशाल जनसङ्ख्यामा पछिल्लो समयमा क्यान्सर रोग एक समस्याको रुपमा देखा परेको बताइएको छ ।

गएका वर्षहरुमा अनुसन्धानकर्ताहरुले अत्यन्त सानो नमुनाबाट सो रोगको अनुसन्धान गर्ने गरेको हुनाले क्यान्सर रोग अनुमान गर्न नसकिएको बताइएको छ ।

तर हालै गरिएको एक अनुसन्धान अनुसार चीनमा पुरुषहरुमा फोक्सो, पेट, भोजन नली र कलेजोको क्यान्सर देखिन्छ भने महिलामा स्तन क्यान्सरबाट मृत्यु हुने गरेको छ ।
[cancer]
पुरुष र महिलामा देखिने यस प्रकारको क्यान्सरका कारण प्रत्येक दिन ७ हजार ५०० को मृत्यु भएको बताइएको छ ।

चीनमा क्यान्सर रोग महिलामा भन्दा पुरुषमा बढी मात्रामा रहेको बताइएको छ । प्रति एक लाख पुरुषमा १६६ जना सो रोगले मृत्यु हुने गरेको बताइएको छ ।

यो सङ्ख्या महिलाको तुलनामा दोब्बर भएको बताइएको छ । चीनमा महिलामा स्तन क्यान्सर एक खतरनाक सङ्क्रमणका रुपमा बढ्दै गएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । रासस÷एएफपी